site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा विश्वकप–२०२६ छनोट : जित्नैपर्ने दबाबमा नेपाल 

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा मंगलबार (आज) लाओसविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रँदै छ । 

यसअघि, दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरीमा रोकिएपछि दोस्रो चरण प्रवेशका लागि आज नेपाललाई जित्नैपर्ने दबाब छ । फिफाले अवे गोलको जित हटाएका कारण दोस्रो चरणमा प्रवेशका लागि दुवै टिमलाई स्पष्ट जितको आवश्यक छ । खेलको निर्धारित समयमा नतिजा नआए ३० मिनेट अतिरिक्त समय थप गरिनेछ । अतिरिक्त समयमा पनि नतिजा नआए खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

Dabur Nepal
NIC Asia

नेपाल र लाओसबीच हालसम्म चारपटक प्रतिस्पर्धा भएको छ । त्यसमध्ये तीन खेल नेपालले जित्दा एक खेल बराबरीमा टुंगिएको छ ।

खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका थिए । 

“पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । हामीले यो विषय म्याच कमिस्नरमा पनि उठाएका छौँ । दोस्रो लेगका लागि हामीले निकै राम्रो तयारी गरेका छौँ,” उनले भने, “यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ । यदि, हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ । तर, हामी भिडन्तको लागि तयार छौँ । हामी आक्रामक फुटबल खेल्नेछौँ ।”

लाओसस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयानुसार बेलुका ५ः४५ बजे सुरु हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro