site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खाद्यले खसीबोका र च्यांग्रा आजदेखि बिक्री गर्दै, कति छ मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आएको र मंगलबार (आज)देखि बिक्री गरिने जानकारी दिइन् । 

“दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा आएका छन् । मंगलबारदेखि बिक्री गरिनेछ,” उनले बाह्रखरीसँग भनिन्, “खरिद गरिएका सबै खसीबोका र च्यांग्रा ल्याउने क्रम जारी छ । उताबाट आउने क्रम जारी रहन्छ । बिक्री पनि मंगलबारबाट नै हुन्छ ।”

Dabur Nepal
NIC Asia

यसैबीच, लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ ।

यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ ।

यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro