site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हवाई भाडाको विसंगति राष्ट्रिय ध्वजावाहकले मात्रै रोक्न सक्छ : पर्यटनमन्त्री
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्न सक्ने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलतर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनासो बढेपछि अनुगमन गर्नुपरेको बताए ।

Dabur Nepal
NIC Asia

अुगमनका क्रममा सरकारले तोकेकोभन्दा बढी भाडा लिएको नभेटिएको बताउँदै उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरु कम र हाई रेटका टिकटहरु बढी बेचेको पाएकाले अबदेखि लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि उनले बताए ।

“लो रेट र हाई रेटको बीचमा बढी डिमान्ड भएको बेलामा चलखेल हुनसक्ने भएकाले हाई रेटमा बढी बेच्नुभएछ । आजदेखि हामीले भनेका छौँ, तपाईंहरुले लो रेटका टिकटहरु बढी बेच्नुहोस् र हाई रेट घटाउनुस् भनेका छौँ,” उनले भने, “जनताले गरेका गुनसा अब नआउन् भनेको छु । बजारमा देखिएको भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ ।”

मन्त्री किरातीले पर्यटनबिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro