site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको ‘मिसन–२०८४’ एकल बहुमतको सरकार : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको ‘मिसन–२०८४’ एकल बहुमतको सरकार रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए । 

उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको उनको भनाइ छ । 

उनले आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताए । उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए । 

उनले भने, “अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार ।” 

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro