site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली ‘रियल’ एमाले होइनन् : प्रचण्ड
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘रियल’ एमाले नभएको दाबी गरेका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले ओलीको नाम नै नलिई उनी गणतन्त्रवादी नभएको पनि जिकिर गरे ।

“अहिले एमालेको नामबाट जसले नेतृत्व गर्दै हुनुहुन्छ, उहाँ रियल एमाले होइन । उहाँ गणतन्त्रवादी होइन । उहाँ संघीयतावादी होइन । उहाँ समानुपातिक, समावेशी लोकतन्त्रको पक्षधर होइन,” उनले भने ।

उनले एमालेको तत्कालीन महासचिव माधव कुमार नेपाल नभएर ओली भएको भए गणतन्त्र नआउने समेत बताए ।

“मलाई कहिलेकाहीँ डर लाग्छ । त्यतिबेला माधव नेपाल नभएर अहिले तथाकथित एमालेको अध्यक्ष त्यतिबेलाको महासचिव भएको भए देशको हालत के हुन्थ्यो होला ?,” उनले भने, “के हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा हुन्थ्यौँ त ? मलाई शंकामात्रै होइन, झन्डैझन्डै असम्भव जस्तै लाग्छ ।”

उनले आफूले जनयुद्ध र माधव नेपालले जनआन्दोलनको नेतृत्व गर्दा भूमिगत रुपमा लामो वार्ता संवाद गरिएको बताए । युद्ध र आन्दोलनको माध्यमबाट सामन्तावादमाथि सँगसँगै प्रहार गरेको सुनाए ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro