site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालेस्टाइनका पक्षमा विश्वभर प्रदर्शन : इजरायल दबाबमा, अमेरिका र युरोपमा प्रतिबन्ध
यमनमा इजरायलको विरोध र प्यालेस्टाइनको पक्षमा गरिएको प्रदर्शन ।

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणको बदलामा इजरायलले गाजामा जवाफी हमला जारी राखेको छ । यही अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गरेको थियो ।

इजरायल र हमासबीच जारी युद्धमा गाजामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । इजरायलमा करिब १३ सय मानिसको मृत्यु भइसकेको छ । गाजातर्फ ज्यान गुमाउनेको संख्या दुई हजार २०० नाघेको छ ।

इजरायलले अझै सशक्त आक्रमण गर्ने भन्दै उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । संयुक्त राष्ट्रसंघले यो मानवताविरुद्धको अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ ।

प्यालेस्टाइन र इजरायलको पक्षमा विश्व विभाजित
हमासको आक्रमणमा परी इजरायलसहित दर्जनभन्दा बढी देशका नागरिकको मृत्यु भएको छ । इजरायलले जवाफी आक्रमण थालेसँगै विश्वभरबाट समर्थन र विरोध गरिँदै छ ।

अमेरिका, युरोप र एसियाका सबैजसो देशले इजरायललाई समर्थन गरेका छन् । कतार, इरानजस्ता मध्यपूर्वका केही देश हमासको पक्षमा देखिएका छन् ।

Global Ime bank

इजरायलको आक्रमणमा आम प्यालेस्टाइनीले समेत ज्यान गुमाइरहेको भन्दै उनीहरूका पक्षमा विश्वभरबाट समर्थन जनाउनेको संख्या बढ्दै गएको छ ।

अमेरिकामा समर्थन र विरोध
अमेरिकामा विद्यार्थी, कर्मचारी र प्रशासन क्षेत्रमा उक्त द्वन्द्वबारे विभाजन बढेको छ । इजरायल र प्यालेस्टाइन समर्थकबीच सामाजिक सञ्जालदेखि भौतिक रूपमै चर्काचर्की भइरहेको छ ।

हार्वर्ड विश्वविद्यालयमा विद्यार्थीले हार्वर्ड प्यालेस्टाइन ऐक्यबद्धता समिति (पीएससी) नाममा एक पत्रमा हस्ताक्षर संकलन गरेका थिए । सो कार्यको हाइप्रोफाइल पूर्वविद्यार्थीदेखि हार्वर्डकै अध्यक्षले समेत आलोचना गरेका थिए ।

न्युयोर्क विश्वविद्यालयको विद्यार्थी बार एसोसिएसनका अध्यक्षले एक पत्रमा मानवीय क्षतिका निम्ति इजरायल जिम्मेवार रहेको भनेपछि चर्काे विरोध गरिएको छ । कैयौँ विद्यार्थीले ल फर्महरूमा रोजगारीको अवसर गुमाएका छन् भने कति जागिरबाट निकालिँदै छन् ।

यस्तै, नर्थ क्यारोलिना र इन्डियाना विश्वविद्यालयमा समेत विद्यार्थीबीच तनाव बढेको छ । फ्लोरिडा विश्वविद्यालयका अध्यक्ष बे सासेले इजरायलको पक्षमा विज्ञप्ति जारी गरेका छन् ।

युरोपमा प्रतिबन्ध
युरोपमा प्यालेस्टाइन समर्थित प्रदर्शनमा प्रतिबन्ध गरिएको छ । यसले अभिव्यक्ति स्वतन्त्रताप्रति चिन्ता बढाएको टिप्पणी हुन थालेको छ । इजरायल समर्थित प्रदर्शनमा भने प्रतिबन्ध नलगाइएको बताइएको छ ।

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्यालेस्टाइनी झन्डा फहराउने र अरबीका लागि स्वतन्त्रताको नारा लगाउनु फौजदारी अपराध हुन सक्ने बताएकी छन् ।

फ्रान्समा प्यालेस्टाइनको पक्षमा गरिने भनिएका दुई प्रदर्शनमाथि पेरिस प्रहरी विभागले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद लियोन र मार्सेलीमा प्रदर्शन गरिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

जर्मनीको बर्लिनमा तय गरिएको प्यालेस्टाइनप्रति ऐक्यबद्धताको र्‍याली सार्वजनिक सुरक्षाको कारण देखाउँदै रोक लगाइएको छ ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटेले हमासको समर्थनमा प्रदर्शन गरिए मेयरहरूले हस्तक्षेप गर्ने बताएका छन् ।

यीबाहेक मध्यपूर्व, एसिया र युरोपका अरू ठाउँमा पनि हजारौँ मानिसले प्यालेस्टाइनीको पक्षमा र्‍याली निकालेका छन् । विश्वभर यहुदी–इजरायली नागरिकको पक्षमा पनि प्रदर्शन भइरहेको छ ।

तर, इजरायलले गाजाबाट ११ लाखभन्दा बढी मानिसलाई विस्थापित भएर जान निर्देशन दिएको विषयलाई लिएर आलोचना बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ण रूपमा इजरायललाई समर्थन गरिरहँदा डेमोक्रेट पार्टीभित्रै र कतिपय सांसदले मौन असन्तुष्टि व्यक्त गर्न थालेका बताइएको छ ।

इजरायलले उत्तरी गाजामा गर्ने भनेको ठूलो आक्रमण र खाद्यान्न र पानीसम्मको आपूर्ति कटौतीका विषयमा कतिपय अमेरिकी सांसदले खुला असन्तुष्टि पोख्न थालेका छन् ।

राष्ट्रसंघले समेत इजरायलको आलोचना गरेको छ । हमासविरुद्ध इजरायलले लड्ने विषयमा समर्थन भए पनि आम प्यालेस्टाइनीको जीवनरक्षाबारे उत्तिकै जिम्मेवार हुनुपर्ने माग बढेको छ ।

बाइडेनका निकट सहयोगीहरूले इजरायली अधिकारीसँग यस विषयमा छलफल गरेको ह्वाइट हाउसले जनाएको छ । आइतबार इजरायली रक्षा बलले गाजाबाट नागरिक अन्यत्र सरेपछि मात्र आक्रमण गर्ने भनेको छ ।

गाजामा इजरायलले गर्न खाजेको व्यापक आक्रमण र विध्वंसका विषयमा आलोचना बढ्दै गएको छ । यसले इजरायललाई दबाबमा पार्न सक्ने देखिन्छ । एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu