site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जमिन, समुद्र र हावाबाट गाजामा ठूलो आक्रमण गर्दै इजरायल 

काठमाडौं । इजरायलले गाजामा अझै ठूलो र महत्वपूर्ण स्थलगत आक्रमणको तयारी गरिरहेको बताएको छ । इजरायली सेनाले गाजामा जमिन, समुद्र र हावाबाट आक्रमण गर्ने योजना बनाएको बताएको हो ।

तर, आक्रमण कहिले गर्दै छ भन्ने समय भने खुलाएको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अग्रमोर्चामा रहेका सैनिकहरूलाई ‘दोस्रो चरण आउँदैछ’ भन्दै जमिनबाट आक्रमण सुरु हुने बताएका छन् ।

इजरायलले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख प्यालेस्टाइनीहरूलाई उत्तरमा आक्रमण गर्ने भन्दै दक्षिणतिर जान भनेको छ । उत्तरी गाजाका नागरिकहरू पैदलका साथै सवारी साधनबाट यात्रा गर्दै भाग्न थालेका छन् । 

संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरूलाई २४ घण्टाभित्र उत्तरी गाजा छोड्नको लागि दिएको आदेशलाई लिएर इजरायलको निन्दा गर्दै खारेज गर्न माग गरेको छ ।

राष्ट्र संघले यसलाई मानवताविरुद्धको अपराध र अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लंघन भएको भन्दै यो मृत्युदण्ड बराबर हुने चेतावनी दिएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कन्रिकसले सीएनएनलाई नागरिकहरू विस्थापित भइसकेपछि आक्रमण गर्ने भनेका छन् ।

गत असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

इजरायलले गाजा पट्टीमा गरेको जवाफी आक्रमणमा दुई हजार २०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ । यहाँ आठ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

यसबीच अमेरिकी रक्षा विभाग पेन्टागनले पूर्वी भूमध्यसागरमा दोस्रो ‘क्यारियर स्ट्राइक समूह’ पठाएको छ । अमेरिकाले यहाँ लडाकु विमानहरू पनि पठाइरहेको छ ।

इजरायलको आक्रमणमा सहभागी हुने उद्देश्यले नभएर इरान र हिजबुल्लाह जस्ता अन्यलाई द्वन्द्वमा प्रवेश गर्नबाट रोक्नका लागि त्यहाँ युद्धपोत र लडाकु समूह पठाइरहेको अमेरिकाले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro