site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर र दक्षिण इजरायलमा थप जोखिम बढ्यो

काठमाडौं । उत्तर र दक्षिण इजरायलमा जोखिम थप बढेपछि तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । 

“पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,” इजरायलस्थित नेपाली दूतावासले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ । 

दूतावासले इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन समेत विशेष अनुरोध गरेको छ ।

Dabur Nepal
NIC Asia

“सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा जानकारी गराउनुहोला,” दूतावासले भनेको छ । 

इजरायलको दक्षिणतर्फ गाजा र उत्तरतर्फ लेबनान रहेको छ । गाजा सीमामा इजरायली सेना र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चलिरहेको छ । 

उत्तरतर्फ रहेको लेबनानबाट पनि कट्टपन्थी समूह हज्बुल्लाहले बेलाबखत इजरायलमाथि रकेट आक्रमण गरिरहेको छ । 

इजरायली सेनाले पनि लेबनानको हज्बुल्लाह समूह रहेको स्थानमा हवाई आक्रमण गरेको छ । 

इजरायलको दक्षिण र उत्तरी दुवै सीमामा युद्ध चर्किने सम्भावना बढेको छ । पछिल्ला दिन इजरायलले गाजाको सीमानामा ठूलो संख्यामा आफ्ना सैनिक र ट्यांक तैनाथ गरेको छ । 

उत्तरी गाजामा स्थल, जल र हवाई आक्रमण गर्ने तयारीमा इजरायल छ र यसको घोषणा पनि गरिसकेको छ । इजरायलले उत्तरी गाजामा रहेका ११ लाख प्यालेस्टिनलाई घर छोडेर दक्षिण गाजामा सर्न उर्दी जारी गरिसकेको छ । 

इजरायलको उक्त उर्दीप्रति संयुक्त राष्ट्रसंघले आपत्ति जनाइसकेको छ । धेरैले इजरायलको उक्त उर्दीलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन् । 

अक्टोबर ८ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि इजरायलको दक्षिण र उत्तरी सीमा क्षेत्रमा युद्ध चर्केको हो । हमासको आक्राणमा परी १० नेपाली विद्यार्थी मारिएका थिए । 

पछिल्ला दिन उत्तर र दक्षिण सीमामा युद्ध चर्किदै गएपछि नेपालले इजरायलमा रहेका २५३ विद्यार्थीलाई उद्धार गरी फर्काएको थियो । इजरायलमा उद्धारको पर्खाइमा अझै २०० भन्दा बढी नेपाली रहेका छन् । 

युद्ध झन् चर्किने संकतेहरू आएपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित ठाउँमा सर्न भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro