site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन कार्कीको ‘भावुकताको बीउ’ सार्वजनिक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि मदन कार्कीको ‘भावुकताको बीउ’ कविताकृति सार्वजनिक गरिएको छ । छापिएको तीन वर्षपछि शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृति सार्वजनिक गरिएको हो ।

नगेन्द्रराज शर्मा, राप्रउ पोखरेल,  रामबहादुर पहाडी, राजकुमार बानियाँ र कविपत्नी ईश्वरी कार्कीले संयुक्त रूपमा कृति सार्वजनिक गरे । 

साहित्यकार शर्माले कार्कीका ‘तीतेकरेला’, ‘लज्जावती’लगायत कविता चर्चित रहेको बताए । उनले कवि कार्कीसँगको भेट र संगत स्मरण गरे ।

साहित्यकार पोखरेलले कार्कीका कवितामा बेजोड व्यंग्योेक्ति पाइने बताए ।

कार्यक्रममा विमोचित कृतिबाट कवि गोकुल अधिकारी, जीवनपानी, बाबु त्रिपाठी, राबत, वेणु अधिकारी, शैलेन्द्र सिग्देललगायत व्यक्तिले कवितावाचन गरेका थिए  ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro