site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एन इन्डलेस जर्नी’माथि छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यकार भीष्म उप्रेतीको औपन्यासिककृति ‘एन इन्डलेस जर्नी’माथि छलफल गरिएको छ । यो कृति उप्रेतीको उपन्यास ‘पाइला पाइला’को अंग्रेजी अनुवाद हो । उपन्यासको अनुवाद महेश पौड्यालले गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार विधान आचार्यले कृतिमाथि चर्चा गर्दै एउटा महत्त्वपूर्ण पुस्तक अनुवाद भएर आएको बताए । “बौद्धिक विकास नै सबैभन्दा महत्त्वपूर्ण विषय हो । यो पुस्तकमा उपन्यासकार उप्रेतीले नेपालका असफल योजनाहरूको कथा लेखेका छन्,” उनले भने ।

कृतिकार उप्रेतीले यो उपन्यास लेख्दाको समय स्मरण गरे । उनले नेपालगन्जमा जागिरको सिलसिलामा रहँदा गरेको कर्णालीको भ्रमण र त्यहाँ देखिएको जीवनलाई ‘पाइला पाइला’मा उतारको उल्लेख गरे । अहिले सोही पुस्तक अंग्रेजीमा ल्याइएको बताए ।

आफूले यो पुस्तक आख्यान र गैरआख्यानबीचको मार्ग समाएर लेखेको उनले बताए । यो सिंहाली भाषामा समेत अनुवाद भइसकेको उनले जानकारी दिए ।

राइटर्स कर्नर नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टाले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro