site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सत्य अन्वेषण र सम्प्रेषण मिडियाको मुख्य चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य अन्वेषण र सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौती भएको बताएका छन् । 

आफ्नै निवासमा पत्रकारहरूलाई बोलाएर शुक्रबार उनले अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको बताए । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्‍याउन सक्नेतर्फ सचेत हुन उनले आग्रह गरे । 

Dabur Nepal
NIC Asia

“यस्तो अवस्थामा पत्रकारिता जगतले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी हामीले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनेछ भन्ने मलाई विश्वास छ,” उनले भने । 

राष्ट्रपतिमा निर्वाचित भएपछि लगत्तै भेट गर्ने इच्छा हुँदाहुँदै पनि विविध कारणले ढिलाइ भएको बताए । साथै उनले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै लामो संघर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको व्यवस्था सुशासन र रुपान्तरणको पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro