site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालीको उद्धार गर्न इजरायल पुगे परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद नेपालीको उद्धार गर्न बिहीबार दिउँसो इजरायल पुगेका छन् । उनी आज बिहान नेपाल एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

नेपाल एयरलाइन्सको विमान स्थानीय समयानुसार ११ः२० बजे इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

नेपालीको उद्धार गर्न सरकारले नेपाल एयरलाइन्सको २५० सिट क्षमताको विमान इजरायल पठाउने निर्णय गरेको थियो । सोहीअुनसार उद्धारका निम्ति गएको विमान इजरायलमा अवतरण गरेको हो ।

परराष्ट्रमन्त्री साउदसँग त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारी र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विमानस्थलमै भेटवार्ता गर्ने कार्यक्रम छ ।

Global Ime bank

विमान दुई घण्टा बेन गुरियन एयरपोर्टमा रहनेछ । त्यसपछि नेपाली विद्यार्थीलाई लिएर विमान बिहीबारै राति करिब सवा ९ बजे काठमाडौंमा अवतरण गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu