site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीले गरेको गुन्जी भ्रमणबारे सदन बेखबर बन्न मिल्दैन : सांसद थापा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारको जवाफ माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद सूर्य थापाले मोदीको भ्रमणबारे प्रश्न उठाए । 

भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै उनले सरकारलाई जानकारी सदनमा जानकारी गराउन माग गरे । 

“मोदीले भ्रमण गरेको सत्य हो कि हैन ? संसद्ले जवाफ चाहन्छ । सभामुखबाट रुलिङ चाहियो,” उनले भने, “नेपाल सरकार किन मौन छ ? किन बेखबर छ । शासकहरूको यस्ता विषयमा विगतको रोग हो यस्तो ? यो सदन बेखबर बन्न मिल्दैन ।”

सांसद थापाले एकपछि अर्को मन्त्री अर्थतन्त्रको संकटपूर्ण अवस्थालाई वेवास्ता गर्दै विदेश भ्रमण किन भइरहेको छ पूर्ण विवरण उपलव्ध गराउन माग गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro