site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिगलको कैद मिनाहाविरुद्ध भारती शेर्पाको रिट पूर्ण इजलासमा सुनुवाइ सुरु 

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।

रिगलले ०७२ साल असार २८ मा नेपालगंजका चेतन मानन्धरलाई सुर्खेत रोडमा दिउँसै खुडा प्रहार गरी हत्या गरेका थिए । 

जेल सजाए पाएका ढकाललाई करिब १२ वर्ष कैद बाँकी रहँदै कैद मिनाहा गरिएको भन्दै भारती शेर्पाले सर्वोच्चमा असोज २२ गते रिट दायर गरेकी थिइन् । उनले कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग गरेकी छन् । भारती रिगलले हत्या गरेका चेतन माननन्धरकी तत्कालीन श्रीमती हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro