site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शारिरीक रूपमा अंगभंग भइ अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा 

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रूपमा अंगभंग भइ अशक्त भएमा वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको छ । 

सोअन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा)लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो । 

बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरू सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभागअन्तर्गत रहने छन् । एक पटकको लागि मात्र एक तह पदोन्नति दिइ जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्त्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भइ अंगभंग भएका अधिकृत हुन् ।

सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागु भएको हो । साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहररूलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनअन्तर्गत क्रमशः सम्बोधन गरिँदै लैजाने योजना संगठनको रहेको बताइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro