site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले कोसीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन निर्णायक पहल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल गरेको छ ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकमा राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल भएको हो ।

छलफलबारे जानकारी दिँदै बैठकमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र पात्र फेरेर मुख्यमन्त्री बनाउने विषयमा छलफल नभएको जानकारी दिए ।

“प्रदेश संसदीय दलका नेताको विकल्प खोजेर सरकार बनाउने कुरा अन्य दलले बजार हल्ला चलाएका हुन् । पार्टीभित्र यो विषयमा मतभेद छैन । संसदीय दलको नेताको विकल्प खोज्ने हैन कि अहिलेको गठबन्धनमा राप्रपालाई पनि लिएर सरकार बनाउन पहल गर्ने कुरा भएको छ,” विश्वकर्माले बाह्रखरीसँग भने, “यो निर्णय गर्ने बैठक हैन । हामीले हाम्रै नेतृत्वमा सरकार बनाउने गरी पहल अघि बढाउने छलफलको प्रारम्भिक चरण अघि बढाएका हौँ ।”

कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी भएको उनले जानकारी दिए ।

“अगाडि राजनीतिक रुपले सरकार बने पनि प्राविधिक रुपमा हामी सफल भएनौँ । हामीले धोका खायौँ,” उनले भने, “धारा ५ मा कांग्रेसको सरकार बनाउने, गठबन्धन एक ढिक्का राख्ने र राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गरेर पार्टीको नेतृत्वमा सरकार बनाउने कुरा भएको छ ।”

यस्तै, बैठकमा परारष्ट्रमन्त्री एनपी साउदले इजरायल घटनाको बारेमा जानकारी गराएको तथा नेपालीको उद्धारको विषयमा भएको काम र भइरहेको पहलबारे जानकारी गराएका थिए ।

बैठकमा संसदीय भूमिकामा कांग्रेस कसरी खरो उत्रने, विधेयकहरूलाई प्रभावकारी बनाउन कांग्रेसले खेल्ने भूमिकालगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro