site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायल घटनाको सत्यतथ्य जानकारी गराउन सरकारलाई खनालको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै नेता खनालले आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको यथाशीघ्र उपचारको निम्ति नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।

नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई घटनाको यथाशीघ्र सत्यतथ्य जानकारी उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षाको निम्ति इजरायल सरकारसँग जोडदार माग गरेका छन् । मृतकका शवलाई अविलम्ब नेपाल पठाउन, इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा गर्नका लागि सबै प्रकारका कूटनीतिक पहलकदमी लिन नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।

Jhalanath-1696870896.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro