site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ सीआईबीमा कृष्णबहादुर महराले गरेको कागजी बयान

काठमाडौं । भेपबाट भएको नौ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको हो ।

सरकारी वकिलको कार्यालय अभियोजनको तयारीमा छ ।

प्रतिवेदनमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय सीआईबीले दिएको छ ।

कृष्णबहादुरको भने संलग्नता नदेखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए । यद्यपि, कृष्णबहादुरले पनि सीआईबी पुगेर कागजी बयान भने दिएका थिए ।

यस्तो छ कृष्णबहादुर महराको कागजी बयान :

मिति २०७९/०९/१०  गते फ्लाइ दुबईको फ्लाईट नम्बर एफजेट ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हाङसोङले दुईवटा सुकटेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट भेप त्रिवि भन्सार कार्यालयमा जफत भएपश्चात् दाओजिङ वाङले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के कसो बुझी दिनु पर्‍यो भनी मलाई भनेको तथा मैले अरूण पोखरेललाई पहिलेदेखि चिनेकाले के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हो ।

मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट भेप जफत भएको रहेछ, कानुनबमोजिम मिल्ने भए सहयोग गरिदिनु भनी अरूण पोखरेलको सम्पर्कमा गएका हुन् । निज वाङसँग मेरो पुरानो चिनजान हो । निजले मलाई आफू फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्थ्यो । योबाहेक मेरो निजसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य सम्बन्ध पनि छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro