site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्‍यो पूर्वनिर्धारित कार्यक्रम
रवि लामिछाने । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलिका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो ।

"शोकको यो दु:खद घडीमा भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु," रास्वपाका सभापति रवि लामिछानले फेसबुकमार्फत भनेका छन् ।

उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरकाे छन् ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro