site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, अधिकांश सुदूरपश्चिमका
SkywellSkywell

काठमाडौं । आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे । उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ ।”

Dabur Nepal
NIC Asia

उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन् ।

यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ ।

सल्यानको शारदा नगरपालिका–२ का विधान सेजुवाल र दाङको दंगीशरण गाउँपालिका–३ का प्रविण डाँगी घाइते भएका छन् । उनीहरूको खुट्टामा चोट लागेको छ ।

कैलालीको टीकापुर–९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका–८ का हिमाञ्चल कट्टेल पनि घाइते भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो । 

परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । इजरायलमा २६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू अध्ययगन गर्न गएका हुन् ।

अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

आतंकवादी समूह हमासले अचनाक आक्रमण गरेपछि इजरायलमा ठूलो जनधनको क्षति भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा दसकौँ यताकै ठूला आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले जवाफी कारबाही पनि गरिरहेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रलाई ‘उजाड टापु’मा परिणत गर्ने चेतावनी दिएका छन् ।

हमास प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी लडाकु एवं राष्ट्रवादी संगठन हो । सन् १९८७ मा इजरायली विरुद्धको विद्रोहको क्रममा यसको स्थापना भएको थियो ।

सीएनएनका अनुसार इजरायलमा ज्यान गुमाउनेको संख्या ५०० नाघेको छ । दुईहजारभन्दा धेरै घाइते भएका छन् ।

औपचारिकरूपमै युद्धको घोषणा गरेको इजरायलको जवाफी कारबाहीमा कम्तीमा ३७० प्यालेस्टाइनीको मृत्यु भएको छ । 

हमासले इजरायलका सैनिकसहित सयौँलाई बन्धक बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu