site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुुद्धिसागरले ल्याए ‘उसले दिएको उमेर’
Tiktok banner adTiktok banner ad

काठमाडौं । लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ बजारमा आएको छ । लेखक बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका छन् ।

उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन् ।

"एउटा पुस्तक प्रकाशन भएपछि नयाँ पुस्तक कहिले आउँछ भनी पाठकहरूले प्रश्न गर्ने गर्नुहुन्छ । यसअघि मैले दुईतीन वर्षपछि अर्को पुस्तक ल्याउने गर्थें । तर, यसपालि मैले आफैँलाई मनपरेका मेरा केही संस्मरणलाई यो पुस्तकमा उतारेको छु," लेखक बुद्धसागर भन्छन्, "यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन्, जसलाई म मेरा पाठकहरूसँग साझा गर्न चाहन्छु ।"

पुस्तक ‘उसले दिएको उमेर’ मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

बुद्धिसागरको पाँचौँ कृति हो, ‘उसले दिएको उमेर’ । कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो । ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ । उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro