site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ किलो सुन तस्करीमा कृष्णबहादुर महराको संलग्नता देखिएन, राहुलसहित चार जनालाई मुद्दा चलाइने 

काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रतिवेदन आइतबार वकिल कार्यालय पेश गरेको हो ।

भेप प्रकरणमा जोडिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई मुद्दा चलाउन राय दिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

राहुल १३ भदौमा पक्राउ परेका थिए  । उनीसहित भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ र उनका गाडी चालक लोकेन्द्र पौडललाईसमेत मुद्दा चलाउन सिफारिस गरिएको छ ।

त्यस्तै ६१ किलो सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङलाईसमेत मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । दावा हाल पुर्पक्षको लाथि थुनामा छन् ।

भेसमार्फत गत पुसमा सुन तस्करी भएको थियो । कृष्णबहादुर महराको संलग्नता भने नदेखिएको एसएसपी आचार्यको भनाई छ ।

उक्त सुन भन्सार कार्यालयकै कर्मचारीको मिलोमतोमा चोरी भएको खुलेको थियो । सो अभियोगमा हाल विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

सो सुन चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro