site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रवाल पक्राउलगत्तै निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठ ‘फरार’
सुदर्शन थापा । फाइल तस्बिर : फेसबुक ।

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ ‘फरार’ भएका छन् । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेलगत्तै उनीहरू फरार भएका हुन् ।

आफ्नो मन्जुरीबिना प्रसाद २ देश–विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ नोक्सान गरेको भन्दै फिल्म निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता गराएको छ । सोही आधारमा थप अनुसन्धानका निम्ति प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

आइतबार अग्रवाल पक्राउ परेलगत्तै थापा र श्रेष्ठ सम्पर्कविहीन भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनीहरूको खोजीकार्य जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro