site stats
बाह्रखरी :: Baahrakhari
कला
ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन गराएको भन्दै उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्