site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हमासको आक्रमणमा घाइते विद्यार्थी पश्चिम क्षेत्रका

पोखरा । शनिबार बिहान इजरायली समयअनुसार करिब ८ हमास विद्रोहीले अचानक आक्रमण गर्दा घाइते भएका ९ जना विद्यार्थीहरु नेपालको पश्चिम क्षेत्रका रहेको खुलेको छ । 

उनीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । एनआरएनए आइसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले ती विद्यार्थीहरु पश्चिम क्षेत्रका रहेको बताए ।  इजरायलको दक्षिणी क्षेत्रमा १७ जना विद्यार्थी सोही कार्यक्रम अन्तर्गत कार्यरत थिए । 

Dabur Nepal
NIC Asia

ती मध्ये ९ जना विद्यार्थीहरु घाइते भएको जानकारी आफूले पाएको उनले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी आफूले पाएको उनले बताए । उनका अनुसार हमास विद्रोहीले शनिबार बिहान अचानक आक्रमण गरेका थिए । मोटरसाइकल र ग्लाइडरबाट उनीहरु इजरायल छिरेको र बमबारी गरेको बताइएको छ ।

इजरायलमा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट त्यहाँको अवस्थाबारे जानकारी गराएका छन् ।  त्यहाँ रहेका एक नेपाली युवाले घाइते भएका र रक्ताम्य अवस्थामा रहेका विद्यार्थीको भिडियो सार्वजनिक गरेका छन् ।

त्यस्तै एकजना विद्यार्थीले भिडियोमार्फत् भावुक सन्देश दिएका छन् । उनले भनेका छन्, “मेरो घरमा आमाको औषधि गरिदिनु है, सबैले ।” त्यस्तै धेरै नेपालीहरुले सुरक्षित रहन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाटै उनीहरुले नेपाली विद्यार्थीहरुको चाँडो उद्धार गर्न आग्रह पनि गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयले पनि शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको र ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको पुष्टि गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro