site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
श्रीलंका जाने भलिबल टोलीको बिदाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरुष भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुमार कुसारीले शुक्रबार बिदाइ गरेका छन् ।

च्याम्पियनसिप असोज २२ देखि २८ गतेसम्म आयोजना हुनेछ । नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्यसचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले खेलाडीहरुको खेलस्तरमा निकै नै वृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफू विश्वस्त रहेको र खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गर्न आतुर रहेको बताए । यस्तै, उनले राष्ट्रिय खेलकुद परिषद् नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा सदा दत्तचित्त रहेर अगाडि बढेको बताए ।

बिदाइ कार्यक्रमका दौरान नेपाली भलिबलको खेलस्तर अभिवृद्धि गर्न पुर्‍याएको योगदानको कदर गर्दै नेपाली टिमका हेड कोच हान आविङ्गलाई प्रशंसापत्र प्रदान गरिएको थियो । आविङ्ग अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपालमा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement