site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्षसहितका नेताको नाम जोडेर तेजोवधको प्रत्यन गरियो : ईश्वर पोखरेल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई लिएर अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको तेजोवध गर्ने प्रयत्न भइरहेको बताएका छन् ।

उपत्यका विशेष प्रदेशको अधिवेशनमा उनले सामाजिक सञ्जालमा नेताहरुको नाम जोडेर प्रचार गरिएको बताए ।

“सामाजिक सञ्जाल, मिडियामा एमालेलाई ताकीताकी एमालेको विरोध गर्ने । एमालेको तेजोवध गर्ने,” पोखरेलले भने, “एमालेको यो नेता वा त्यो नेता, अध्यक्षदेखि लिएर यो नेता वा त्यो नेतालाई तेजोवध गर्ने अनेक हिसाबले कुरा उठाइँदै छ ।”

उनले एमालेले नै पार्टी जीवनको लोकतान्त्रिक वकालत गरेको बताए । सहमति वा निर्वाचनमार्फत चुनावबाट नेतृत्व चयन हुने बताए ।

उनले मित्रवत् प्रतिस्पर्धालाई पार्टीले स्वभाविक मानेको दाबी समेत गरे । उनले प्रदेश विशेष कमिटीको नेतृत्व चयन गर्दा कोही नेतासँग कसैलाई जोडीरहनु आवश्यक नरहेको बताए ।

आर्थिक विश्रृङ्खलताको अन्त्यका लागि पनि एमाले सरकारमा आउनुपर्ने पोखरेलले बताए । पार्टीको लक्ष्य मिसन ०८४ रहेको भन्दै सोहीअनुसार अघि बढ्न उनले निर्देश पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro