site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानकी नरगेस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार 

काठमाडौं । नर्वेली नोबेल समितिले इरानकी नरगेस मोहम्मदीलाई वर्ष २०२३ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ । 

समितिले शुक्रबार इरानकी महिला उत्पीडन, मानवअधिकार र स्वतन्त्रताको क्षेत्रमा कार्यरत मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो । 
 
सन् १९७२ अप्रिल २१ मा जन्मिएकी इरानी मानवअधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर’ (डीएचआरसी)को उपाध्यक्ष हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०१६ मा इरानको तेहरानस्थित एक अदालतले उनलाई १६ वर्ष कैद सजाय सुनाएको थियो । मृत्युदण्डको सजाय हटाइनु पर्ने माग गर्दै मानवअधिकार आन्दोलनलाई अगाडि बढाएपछि उनलाई उक्त कैद सजाय सुनाइएको थियो ।
 
सन् २०२२ को बीबीसीको विश्वका शक्तिशाली १०० महिलाको सूचीमा उनको नाम थियो । 

यसवर्ष उनलाई इरानमा महिला उत्पीडन र मानवअधिकार तथा स्वतन्त्रताको प्रवर्द्धन गर्न उनले गरेको संघर्षको लागि नर्वेली नोबेल समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्