site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवालाई विदेश पठाएर सुनियोजित किसिमले देश रित्याउन लागिएको छ : चित्रबहादुर केसी
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरु विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले नेपालमा रोजगारी दिन नसके युवाहरु विदेशिए भन्नुको अर्थ पनि नभएको बताए ।

युवाहरु विदेशिएको सम्बन्धमा विशेष एजेन्डा बनाएर संसद्मा छलफल गर्नुपर्ने भन्दै उनले यसरी नै युवापुस्ता विदेश गए आगामी २० वर्षमा मुलुक रित्तिने बताए ।

“नेपालमा विशुद्ध पढ्ने ठाउँ नभएर, सबै बेरोजगार भएर, काम नभएका मान्छे मात्रै गएका छन् भन्ने हुँदै होइन । नेपालमा यस्तो खालको रोग लाग्यो कि बेरोजगारहरु पैसा भएकाले राम्रो शिक्षा लिन जानु बेग्लै कुरा हो, तर यहाँ त के भयो भने मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनीमानीका छोरा सबैको एउटै मात्र उद्देश्य के छ भन्दाखेरि नेपालमा केही हुन्न, त्यसकारणले जाने गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया । त्यो गर्न नसक्ने कमसेकम जापान,” उनले भने, “त्यसकारण यो सुनियोजित किसिमले मुलुक रित्याउने स्थिति भएको छ । यो एजेन्डामा संसद्मा हामी सबैले छलफल गर्नुपर्छ ।”

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro