site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भन्यो– भारती शेर्पाको परिवारलाई सुरक्षा दिनू

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयबाट पीडित बनेको परिवारलाई सुरक्षा दिन आदेश दिएको छ । 

बिहीबार सर्वोच्चले निवदेक भारती शेर्पाको परिवारलाई निवेदनको टुङ्गो नलागेसम्म सुरक्षा दिन भनेको हो ।

Dabur Nepal
NIC Asia

"निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्ने गराउने आवश्यक व्यवस्था गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई लेखी पठाउनू," सर्वोच्चले भनेको छ । 

संविधान दिवसको अवसरमा ३ असोजमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगलको कैद मिनाहा गरेका थिए । मानन्धरकी पत्नी भारतीले सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी थिइन् । 

रिगल घटना भएकाले बेला नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।  हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro