site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से साढे १९ सय विन्दुमा, हाइड्रोपावर र हिमालयन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए
SkywellSkywell

काठमाडौं । नेप्से परिसूचक बिहीबार ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा बन्द भएको छ । बुधबार नौ अंकले बढेको नेप्से बिहीबार घटेर बन्द भएको हो ।

आज एक अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

KFC Island Ad
NIC Asia

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.२४ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.१७ प्रतिशत घटेको छ ।

घटेको बजारमा सर्वाधिक सेयर मूल्य वृद्धि बलेफी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्थाको भएको छ । बलेफी हाइड्रोको सेयर मूल्य ४२ रुपैयाँ ८० पैसा र हिमालयन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ ४० पैसाले बढेको छ ।

Royal Enfield Island Ad

इस्टर्न हाइड्रोपावरको सेयर मूल्य २८ रुपैयाँ ९० पैसाले बढेको छ । यी कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

सर्वाधिक सेयर कारोबार हुनेमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ । यो कम्पनीको चार करोड ४३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९४ प्रतिशतले घटेर प्रतिकित्ता ६४३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका २८० धितोपत्रका ३५ लाख ६२ हजार ६२४ कित्ता खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro