site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जापानले धुलिखेल अस्पतालको ‘ट्रमा तथा इमरजेन्सी सेन्टर’ सुधार गर्न तीन अर्ब २९ करोड दिने 

काठमाडौं । जापानले धुलिखेल अस्पतालको ‘ट्रमा तथा इमर्जेन्सी सेन्टर’ सुधार परियोजनाका लागि आर्थिक अनुदानस्वरूप तीन अर्ब दुई करोड ९६ लाख जापानी येन (दुई अर्ब ९२ करोड रुपैयाँ) उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोग नेपाललाई उपलब्ध गराउने सम्बन्धी नोटमा बिहीबार एक कार्यक्रमबीच नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले हस्ताक्षर गरेका छन् ।

Dabur Nepal

“नेपालमा तीव्र गतिमा बढ्दो ट्रमा तथा आकस्मिक बिरामीहरूका लागि स्वास्थ्य सेवा सुदृढ गर्ने र नयाँ ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र धुलिखेल अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने यस परियोजनाको लक्ष्य रहेको छ,” काठमाडौंस्थित जापानी दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा बारम्बार आउने विपद्, सवारीको चाप बढेपछि हुने सवारी दुर्घटना, आर्थिक विकाससँग सम्बन्धित आहार परिवर्तनका कारण हुने स्ट्रोक तथा मुटुसम्बन्धी रोगका कारण आकस्मिक बिरामीको संख्या बढ्दै गएको छ ।

यसैकारण अस्पताल सुधार परियोजना आवश्यक परेको दूतावासले जनाएको छ । जापानको अनुदान सहायतामा नयाँ सुविधा सहितको आपत्‌कालीन उपचार कक्ष, अपरेटिङ रुम र इनपेसेन्ट वार्ड,  एमआरआई र सीटी जस्ता उपकरणहरू जडान गरिने छ ।

नोटमा हस्ताक्षर गर्दै राजदूत किकुताले यस परियोजनाले नेपाली जनताको स्वस्थ जीवन सुनिश्चित गर्न र नेपालको विकासलाई प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro