site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
योग ढकाल । फाइल तस्बिर ।

काठमाडौं । बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार हत्या गरेका चेतनकी श्रीमती भारती मानन्धर (शेर्पा)ले कैद मिनाहाको निर्णयविरुद्ध यही असोज १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध भारतीले रिट दायर गरेकी हुन् । भारतीले रिटमा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर हुनुपर्ने माग गरेकी छन् ।

उक्त रिटमा यसअघि दुईपटक पेसी सारिएको थियो । भारतीको रिट शर्माको इजलासमा आज १६औँ नम्बर (त) मा परेको छ ।

०७२ असार २८ गते रिगलले खुँडा प्रहार गर्दा चेतनको मृत्यु भएको थियो । सरकारले पुरानो मुलुकी ऐनानुसार ४० प्रतिशत कैद भुक्तान गरेकालाई मिनाहा दिने व्यवस्था टेकेर रिगललाई उन्मुक्ति दिएको थियो । कैद मिनाहा भएसँगै रिगललाई लिन गाडीको लावालस्करसहित पुगेको, सार्वजनिक कार्यक्रममा रिगलले सम्बोधन गरेको लगायत गतिविधि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

जेल जानुअघि रिगल नेपाली कांग्रेसनिकट तरुण दलका क्षेत्रीय अध्यक्ष थिए । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro