site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाली समाजमा साम्प्रदायिक विद्वेष फैलाएर परम्परादेखि रहिआएको सद्भाव खलबल्याउने तत्त्व फेरि एकपटक सक्रिय भएको देखिएको छ । धरानबाट सुरु भएको सामाजिक सद्भाव बिथोल्ने कुचेष्टा नेपालगन्ज पुग्यो ।

साम्प्रदायिक तनाव बढ्न र झडप हुन थालेपछि नगरहरूमा निषेधाज्ञा र कर्फ्युसमेत लगाउनु परेको छ । भाग्यवश, नेपाली समाजलाई भाँड्ने कुचेष्टा अपेक्षाकृत सफल भएन ।  स्थिति नियन्त्रणमै रह्यो ।

यसपटक साम्प्रदायिक तत्त्वले धार्मिक भावना दोहन गरेर समाजमा अशान्ति मच्चाउने प्रयास गरेको देखियो । यस्तो कुचेष्टा गर्ने तत्त्वले आधुनिक सूचना प्रविधि र सञ्चार सञ्जालको प्रयोग गर्‍यो  ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक सञ्जालमा बहुसङ्ख्यक समुदायलाई उत्तेजित गराउने सामग्री प्रस्तुत गर्ने उपक्रम धरानमै सुरु गरिएको थियो । नेपालगन्जमा पनि सामाजिक सञ्जालमा बहुसङ्ख्यक धार्मिक समुदायलाई उत्तेजित गराउने सामग्री सञ्चार गरियो ।  

तथ्य जाँच गर्दा साम्प्रदायिक विद्वेष चर्काउने सामग्री नै नक्कली रहेको पाइयो । अर्थात्, कुनै कुतत्त्वले प्रविधिको प्रयोग गरेर त्यस्तो उत्तेजक सामग्री बनाएको र फैलाएको पुष्टि भयो ।   

Global Ime bank

धन्न, धार्मिक समुदायका अगुवाहरूलगायतका समाजका प्रबुद्ध नागरिकले बेलैमा यो नियोजित षड्यन्त्रको भेउ पाएर स्थिति काबुबाहिर नपुग्दै समाले । प्रशासनिक सुझबुझले पनि स्थिति समाल्न मद्दत पुग्यो । 

सम्भवतः नेपाली समाजको सद्भाव बिथोल्न गरिएको यसपटकको षड्यन्त्र तुहियो । तर, यस्तो कुचेष्टा फेरि हुँदैन भनेर ढुक्क त सकिँदैन । विगतमा पनि त यस्तो षड्यन्त्र भइरहेकै थियो ।

राजनीतिक आवरणमा सक्रिय साम्प्रदायिक तत्त्वको अनुहारबाट यसपटक मुकुन्डो खुलेको छ । यसैले पानी धमिलिएको देखिनेबित्तिकै माछा मार्न तम्सने कुतत्त्वलाई सरकार र समाजले निगरानीमा राख्नुपर्ने देखिन्छ । 

अहिलेसम्म केही राजनीतिक दलका नेताहरूका आवरणमा सक्रिय केही व्यक्ति त्यस्तै दुर्नियत प्रेरित रहेछन् । बहुसङ्ख्यक सम्प्रदायलाई उक्साउने र हिंसा फैलाउने प्रयत्न गर्नसमेत तिनीहरू उद्यत देखिए ।  

सामाजिक सञ्जालबाट जाली भिडियो प्रसार गरेर धार्मिक सम्प्रदायहरूबीच तनाव फैलाउने र त्यही जाली सामग्रीलाई देखाएर साम्प्रदायिक राजनीति गर्ने दुवै समाजका अपराधी हुन् । तिनीहरूबाट राष्ट्रघातको षड्यन्त्र भएको छ ।

साम्प्रदायिक सद्भाव खलबल्याउने दुर्नियत राखेर जाली भिडियो बनाउने तथा सामाजिक सञ्जालमा प्रसार गर्नेलाई राज्यले खोजेर कानुनबमोजिम कारबाही गरोस् । त्यस क्रममा नक्कली भिडियो फैलाउनेहरूमाथि पनि छानबिन र निगरानी हुनुपर्छ ।

सामाजिक सद्भाव खलबलिन नदिन सक्रिय विशेषगरी हिन्दु र इस्लाम धर्मका धार्मिक अगुवा तथा स्थानीय प्रशासन धन्यवादका पात्र भएका छन् । आशा गरौँ, तिनको सक्रियता र सुझबुझ कायम रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC