site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीविरुद्ध न्युक्यासलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध ४–१ को सहज जित निकालेको छ ।

बुधबार राति घरेलु मैदान सेन्ट जेम्स पार्कमा न्युक्यासलले एकपक्षीय जित हासिल गर्दा मिगुयल अलमिरोन, डान बर्न, सेआन लोङ्स्टाफ र फाबिअन स्चारले गोल गरे । पीएसजीका लागि लुकास हर्नान्डेजले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

१७औँ मिनेटमा अल्मिरोनले गरेको गोलबाट न्युक्यासलले अग्रता बनाएको थियो । ३९औँ मिनेटमा बर्नले घरेलु टिमको अग्रता दोब्बर पारे । ५०औँ मिनेटमा लोङ्स्टाफले न्युक्यासलका लागि तेस्रो गोल गरेका थिए ।

५६औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै पीएसजी खेलमा फर्कने आस कायम राखेका थिए । तर, इन्ज्युरी समयमा स्चारले गोल गरेपछि न्युक्यासलले फ्रेन्च जायन्टविरुद्ध ४–१ को सहज जित निश्चित गर्‍यो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको न्युक्यासल समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पीएसजीको तीन अंक छ ।

बुधबार राति नै समूह ‘एफ’को अर्को खेलमा एसी मिलान र बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे । मिलान दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । एक अंकको डर्टमन्ड पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro