site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको कठिन जित

काठमाडौं । फेरान टोरेसले निर्णायक गोलप्रेरित बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब एफसी पोर्टाेविरुद्ध १–० को कठिन जित निकालेको छ ।

बुधबार पोर्टाेको घरेलु मैदानमा टोरेसले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए । त्यही गोल निर्णायक बनेपछि बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक निश्चित गरेको हो ।

प्रभावशाली स्ट्राइकर रोबर्टाे लेवान्डोवस्की घाइते भएपछि टोरेस ३४औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । इन्ज्युरी समयमा युवा मिडफिल्डर गाभीले रातो कार्डको दर्शन गरेपछि बार्सिलोनाले १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।

जितसँगै बार्सिलोना ६ खेलबाट ६ अंकसहित समूह ‘एच’को  शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट पोर्टाे तीन अंकसहित दोस्रो स्थानमा छ ।

Global Ime bank

बुधबार राति नै भएको समूह ‘एच’को अर्को खेलमा डाइनामो सख्तरले रोयल एन्टवेर्प एफसीलाई ३–२ ले हरायो । सख्तरको जितमा डानीलो सिकानले दुई र यारोस्लाभ रातित्साकीले एक गोल गरे ।

जितसँगै तीन अंक जोडेको डाइनामो तेस्रो स्थानमा उक्लिएको छ । पुछारको एन्टवेर्प एफसी अंकविहीन छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu