site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अक्टोबर दोस्रो साता नेपाल आउँदै 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अक्टोबरको दोस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । 

स्रोतका अनुसार राष्ट्रसंघका महासचिव अक्टोबर १४ (असोज २७ गते) मा नेपाल आउने गरी तयारी भइरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदा त्यही महासचिव गुटेरेससँग भेटवार्ता गरेका थिए । 

सोही भेटमा प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए भने उनले त्यति नै बेला नेपाल भ्रमणमा आउने प्रतिवद्धता जनाएका थिए । 

“राष्ट्रसंघका महासचिवको उच्च प्राथमिकतामा नेपाल रहेको छ,” प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बाह्रखरीसँग भने, “नेपालको शान्ति प्रक्रियामा उहाँको विशेष चासो छ ।”

नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघ जोडिएका कारण पनि महासचिवले बढी चासो दिएको बुझाइ गजुरेलको छ । 

नेपालको शान्ति प्रक्रियाको अलावा जलवायु परिवर्तनका असर र अतिकम विकसित राष्ट्रको हैसियतले नेपालले राखेका अपेक्षमा विषयमा उनले नेपाल भ्रमणका बेला छलफल गर्ने उनले जनाए । 

“नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनको लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन उहाँले पहल गर्ने वचन दिनुभएको छ । यसैकराण उहाँ सरोकारवालहरुसँग छलफल गर्न नेपाल आउन लाग्नु भएको हो,” गजुरेलले भने ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro