site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित अमेरिकी नागरिक पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाईछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको मुद्रासहित अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा  ७० वर्षीय डेभिड एलन हार्वुड रहेका छन् । 

उनको साथबाट ११५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचीन मुद्राहरू ६४ थान बरामद गरिएको छ । 

काठमाडौंबाट थाई उडान हुँदै  बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा पक्राउ गरिएको हो । 

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro