site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल ट‍ेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडीले पाएकी छन् । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि सोमबार टेलिकमका प्रबन्ध निर्देशक रहेका सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि टेलिकमको प्रबन्ध निर्देशकको पद खाली भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार भएको भन्दै पौडेल, पूर्वसचिव र वहालवाला सचिवसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

कार्यक्रममै थिएन पेमेन्ट गेटवे, सचिव मरासिनीले गोप्यरूपमा निकासा गरेका थिए रकम !

पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा आउनुअघि नै विवादित थिए । विवादित व्यक्तिलाई टेलिकमको नेतृत्वमा ल्याइएको भन्दै त्यतिबेला विवाद समेत भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro