site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुल्क विवादका कारण इन्जिनियरिङ संस्थानले दोस्रोपटक स्थगित गर्‍यो प्रवेश परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिभिल र आर्किटेक्चर इन्जिनियरिङको प्रवेश परीक्षा दोस्रोपटक स्थगित भएको छ । 

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बुधबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरेको जनाएको छ । 

Dabur Nepal
NIC Asia

आईओई डिनको कार्यालयले असोज १५ गते सूचना  जारी गर्दै असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन हुने जानकारी गराएको थियो । बुधबार प्रकाशित सूचनामा भने प्रवेश परीक्षा बोर्डका पदाधिकारीले सामूहिक राजीनामा दिएका कारण परीक्षा स्थगित उल्लेख छ । 

यसअघि भदौ १९ गतेदेखि हुने भनिएको परीक्षा पनि आईओईले भर्ना शुल्कबारे विवाद भएको भन्दै शुल्क समायोजन लागि भन्दै भदौ ९ गते सूचना जारी गरेर स्थगित गरेको थियो । 

यही शैक्षिक सत्रदेखि बी.ई र बी.आर्कको शुल्क वृद्धि गर्ने निर्णयपछि स्वतन्त्र विद्यार्थी युनियन र आईओईबीच भदौयता पटक पटक विवाद हुँदै आएको छ । 

यही शैक्षिक सत्रदेखि चारवर्षे बी.ई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पु¥याउने आइओइको निर्णय थियो । जुन शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

यसबीचमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरूसँग पुरानै शुल्कमा भर्ना लिने डिन कार्यालयको सहमति भएपनि अहिले आईओई पुरानो शुल्कमा भर्ना गर्न तयार छैन । 

Entrance-2080-81-1696413173.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro