देश

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकका गाडी चालकलाई नियन्त्रणमा राखेको छ ।
चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा राखिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनलाई असोज १४ गतेदेखि नियन्त्रणमा राखिएको हो । यसअघि पौडेललाई तारेखमा राखिएको थियो ।
सोमबार मात्रै सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराको समेत बयान लिएको छ । सो आरोपमा भदौ १३ देखि महराका छोरा राहुल सीआईबीकै थुनामा छन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १४:५०
प्रतिक्रिया दिनुहोस्