site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम सातादेखि हुने
Tiktok banner adTiktok banner ad

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम सातादेखि सुरु हुने भएको छ । 

प्रतियोगिता आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने भएको हो । १० कक्षासम्मका विद्यार्थीहरूले भाग लिन पाउने प्रतियोगितामा धनगढीका १६ वटा स्कुलहरूको सहभागिता हुनेछ । 

प्रतियोगितालाई धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । स्कुलका संस्थापक तथा प्राचार्य रामजी हमाल र डीसीएका प्रबन्धक समुयल न्यौपानेले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौता पश्चात प्राचार्य हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमि रहेकाले यहाँका बालबालिकाहरूमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरूले सहकार्य गरेको बताए । 

यस्तै, प्रबन्धक न्यौपानेले मुख्य प्रायोजक गरेकोमा स्कुललाई धन्यवाद दिँदै उक्त प्रतियोगिताले नयाँ खेलाडी निकाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डीसीएले जनाएको छ ।  

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro