site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आइसरले ल्यायो ‘सोचेझैँ दसैँ तिहार, रोजेझैँ उपहार : सुनको बहार, बम्परमा कार’ अफर

काठमाडौं । आइसरले दसैँ र तिहारलाई लक्षित गरेर नयाँ आइसर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने अफर ल्याएको छ ।

आफ्ना उपभोक्ताहरूसँग खुसी साटासाट गरी चाडपर्वको उत्सव मनाउन बतास एमएडब्लू कमर्सियल भेहिकल (बीएमसीबी)ले दसैँ तिहार स्किमको घोषणा गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अफरमा आइसर बस, ट्रक तथा ट्रिपरको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारीसाधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआईमध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अफरको अन्त्यमा बम्पर उपहारअन्तर्गत एकजना भाग्यमानीले मिनी ईभी कार पनि प्राप्त गर्नेछन् ।

उपहारबाहेक चालकलाई पाँच लाख र २५ लाख रुपैयाँको आकस्मिक बिमा, एक वर्षको सवारी बिमा तथा एक आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइसरले प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्