site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षामन्त्री भन्छन्– विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । 

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले नयाँ विश्वविद्यालयहरूले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गरेकाले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए ।

"विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालयबाहेक अरू विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरू पनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ," उनले भने ।

शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro