site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राजस्व संकलन कम हुनुमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का सांसद विष्णु पौडेलले सरकारले राजस्व संकलन कम गर्नुको कारण जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्र्तगत रहेको अर्थ समितिमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले सरकारले राजस्व संकलनमा सुधार गर्न नसकेको बताए । यसविषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै पौडेलले अर्थतन्त्रमा देखा परेको समस्याको बारेमा वृहत् छलफल गर्नुपर्ने धारणा राखे ।

“अर्थतन्त्रमा रहेको समस्याका विषयमा वृहत् छलफल गर्नुपर्छ । त्यसको लागि मन्त्रीले समितिलाई समय दिनुपर्छ । राजस्व कम संकलन हुनुको कारण अर्थमन्त्रीले जवाफ दिनुपर्छ,” पोडैलले भने, “सामान्य प्रतिवेदन दिएर हुँदैन ।”

उनले अर्थमन्त्री समितिमा आएर देशको अर्थतन्त्र कुन अवस्था छ भनेर पनि सरकारको तर्फबाट उल्लेख गर्नुपर्ने बताए ।

“बजेटको समयमा अर्थतन्त्र मन्दीमा थियो । अहिलेको अवस्था के हो ? मन्त्री किन आफैँ आउन चाहनुभएन ?,” उनले सोधे, “अर्थमन्त्री आउनुहुन्छ भनेर हामी उपस्थित भएका हौँ । दोस्रोपटक उहाँ किन आउनु भएन ?

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro