site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल फर्कनेभन्दा छाड्नेको संख्या बढी
फाइल तस्बिर ।

काठमाडौं । नेपालीहरू विभिन्न बहानामा विदेश जान्छन् । कोही वैदेशिक रोजगारीका लागि जान्छन् त कोही अध्ययन गर्न ।

पछिल्ला वर्षहरूमा विदेशमा घुम्न जाने नेपालीको संख्या पनि बढ्दो छ । निजी तथा सरकारी नियकाहरूमा कार्यरत कर्मचारीहरू तालिम, गोष्ठी, सम्मेलनमा सहभागी हुन विदेश जान्छन् ।

विदेश जाने कारण धेरै छन् । तर फर्कने कारण यसै भन्न सकिन्न ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकले जति नेपाली विदेशबाट स्वदेश फर्कन्छन् त्योभन्दा निकै ठूलो संख्यामा नेपाली विदेश जाने गरेको देखाएको छ ।

अर्थात नेपाल फर्कनेभन्दा नेपाल छोड्नेको लर्को ठूलो छ ।

विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो साढे दुई वर्षमा ३० लाख १० हजार ७५९ जना नेपाली काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै विदेश गएका छन् ।

सोही अवधिमा विदेश गएकामध्ये २३ लाख पाँच हजार १४१ जना नेपाली विमानस्थल हुँदै स्वदेश फर्केका छन् ।

बितेको साढे दुई वर्षमा स्वदेश फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या सात लाख पाँच हजार ६१८ ले बढी देखिन्छ । यहाँ टीआईए बाहेक अन्य सडक मार्गबाट भारत र चीन जानेको संख्या जोडिएको छैन ।

अध्यागमन विभागका अनुसार सन् २०२१ मा विदेशबाट विमानस्थल हुँदै पाँच लाख ८७ हजार ९२ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा ६ लाख ४६ हजार ५६३ जना नेपाली विदेश गएका थिए । कोरोना महमारीका कारण सन् २०२१ मा अन्य वर्षहरूमाभन्दा आवतजावत गर्नेको संख्या सानो देखिन्छ ।

सन् २०२२ मा १० लाख ३६ हजार ८८७ नेपाली विदेशबाट स्वेदश फर्केका थिए । उक्त वर्ष दैनिक औषतमा दुई हजार ८४० जनाभन्दा बढी नेपाली स्वदेश फर्केको देखिन्छ ।

सन् २०२२ मा नै विमानस्थल हुँदै विदेश जाने नेपालीको संख्या १४ लाख २९ हजार ५४६ रहेको विभागको तथ्यांकले देखाउँछ । अर्थात सो वर्ष दैनिक औषतमा तीन हजार ९१६ जनाभन्दा बढी नेपाली विदेश गएका थिए ।

अध्यागमन विभागका अनुसार सन् २०२३ सुरु भएयताको पहिलो सात महिनामा ६ लाख ८१ हजार १६२ जना नेपाली विमानस्थल हुँदै स्वदेश फर्केका छन् । यसवर्ष दैनिक औषतमा तीन हजार २४३ जनाभन्दा बढी नेपाली स्वेश फर्केका छन् ।

सन् २०२३ को पहिलो सात महिनामा विदेश जाने नेपालीको संख्या ९ लाख ३४ हजार ६५० रहेको छ । यसवर्ष दैनिक औषतमा चार हजार ४५० जनाभन्दा बढी नेपाली टीआईएबाट विदेश गएको देखिन्छ ।

पछिल्लो सात महिनामा मात्र स्वदेश फर्कनेभन्दा विदेश जाने नेपालीको संख्या दुई लाख ५३ हजार ४८८ ले बढी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro