site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दरबन्दी यथावत् रहे स्वास्थ्यकर्मीमाथिको आक्रमण रोकिँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी यथावत् रहे स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिने बताएका छन् । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पटक–पटक आक्रमणका घटनाको पछाडि अस्पतालमा पर्याप्त जनशक्तिको अभाव प्रमुख समस्या रहेको उनको भनाइ छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले २०५० सालकै दरबन्दीबाटै अहिले पनि स्वास्थ्य संस्था चल्दै आएको बताए । सोही दरबन्दी चल्दै आएकाले वर्तमान दरबन्दीबाट स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा देखिँदै आएको समस्याको दीर्घकालीन समाधान नहुने बताएका हुन ।

"स्वास्थ्यकर्मीमाथि अहिले देखिएका समस्याको एउटा प्रमुख जड पुरानै दरबन्दी पनि हो यसले हरेक सेवामा अप्ठ्यारो पारिरहेको छ, नयाँ दरबन्दी थप नहुँदा समस्याको दीर्घकालीन समाधान हुने अवस्था देखिँदैन," मन्त्री बस्नेतले समिति बैठकमा चिकित्सक तथा सांसदहरूले राखेको धारणाको जवाफ दिँदै भने ।

समिति बैठकमा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने विषयमा सांसदहरूले धारणा राखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro