site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलिया पलायन भए विमल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।

सन् २०१२ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य बन्दै आएका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् ।

Dabur Nepal
NIC Asia

सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम मिनेटमा गोल गरेपछि विमल चर्चामा आएका थिए । उनले यू–१४, यू–१७, यू–२० र यू–२३ गरी सबैखाले उमेरस्तरमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

विमललाई ललितपुर एफसीले मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको थियो । तर, विमलले सम्झौता रद्द गर्दै विदेशीने निर्णय गरेपछि ललितपुरले अनन्त तामाङलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको हो । मछिन्द्र फुटबल क्लबबाट घरेलु लिग खेल्ने विमलले भारतको मोहन बगानबाट समेत खेलेका थिए ।

खेलाडी विदेशीने क्रम नरोकिँदा हालसम्म नेपाली टिमका तीन दर्जनभन्दा धेरै खेलाडी विदेशीएका छन् । जसमा सुनिल बल, विशाल राई, अभिषेक रिजाल, आशिष लामा, रवि पासवानजस्ता खेलाडीहरू छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro