site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एट्लेटिको मड्रिडको जितमा ग्रिजम्यान र रिक्विल्मेको गोल
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा घरेलु टोली ओसासुनामाथि २–० को सहज जित निकालेको छ । बिहीबार अल सदार रंगशालामा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन एन्टोइन ग्रिजम्यान र रोड्रिगो रिक्विल्मेले गोल गरे ।

खेलको २०औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि एक गोल थप्यो । ८१औँ मिनेटमा रिक्विल्मेले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

Agni Group

८५औँ मिनेटमा एट्लेटिकोका अल्भारो मोराटा र ओसासुनाका इजिक्विल एभिलाले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

जितसँगै ६ खेलबाट १३ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको पाँचौँ स्थानमा छ । सात खेलबाट सात अंकको ओसासुना १४औँ स्थानमा छ । 

Global Ime bank

बिहीबार नै भएका अरू खेलमा रियाल सोसिडाडले भ्यालेन्सियाविरुद्ध १–० को जित निकालेको छ ।

कार्डिज र रायो भायेकानोले गोलरहित बराबरी, ग्रानाडा र रियाल बेटिस तथा डिर्पाेटिभो आल्भेस र सेल्टा भिगोले समान १–१ को बराबरी खेले ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu