site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने, अध्यक्षका चारमध्ये दुई आकांक्षी मैदानमा 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कोसी प्रदेश अधिवेशन आज सुरु हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश राजधानी विराटनगरमा अधिवेशन उद्घाटन गर्दै छन् । अध्यक्षका चार अकांक्षीमध्ये दुई जनामात्र मैदानमा देखिएका छन् ।
 
अधिवेशन मूल आयोजक समितिले जनाएअनुसार सबै तयारी पूरा भएको छ । प्रतिनिधि तथा पर्यवेक्षक विराटनगर आइसकेका छन् । पार्टीका कोसी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताए । न्यौपानेले भने, “पार्टी अध्यक्षले स्विच थिचेर अधिवेशन उद्घाटन गर्नु हुनेछ ।”

कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले प्रदेश कमिटीको तर्फबाट बस्तुनिष्ठ समीक्षा, एमालेको अबको कार्यदिशा तथा भावि कार्ययोजना तथा कार्यदिशा तय गर्ने बताए । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् ।
 
९९७ प्रतिनिधि चयन भइसकेका छन् । त्यसको पाँच प्रतिशत मनोनयन गर्ने विषयमा भने सहमति हुन सकेको छैन । पाँचजना पदाधिकारीसहित एमाले कोसी प्रदेश कमिटी २१५ सदस्यीय हुनेछ । आयोजकका अनुसार अधिवेशनमा आएका पाहुना बस्न विराटनगरका होटेल, सामुदायिक तथा सार्वजनिक भवनमा व्यवस्था मिलाएको जनाइएको छ । 

Agni Group

बिहीबार आयोजित पत्रकार सम्मेलनमा इन्चार्ज महाशेठले नेतृत्व चयन गर्न सर्वसम्मतिको प्रयास गर्ने त्यो नभए प्यानल बनाउन भने नदिइने बताए । उनले भने, “सहमति नभए प्रक्रियामा जान्छ तर प्यानल बनाउन भने दिइने छैन ।”

चारमध्ये दुई आंकाक्षी मात्र मैदानमा !
कोसी प्रदेशको अध्यक्षमा यसअघि चारजनाले दाबी गरेका थिए । तर अधिवेशन उद्घाटनको दिन आइपुग्दा यो दौडमा दुई जनामात्र उमेदवार कायम रहेको देखिएको छ । 

Global Ime bank

अध्यक्षको दौडमा घनश्याम खतिवडा, विनोद ढकाल, तुलसीप्रसाद न्यौपाने र टीका चेम्जोङ थिए । अहिले भने खतिवडा र ढकाल मात्र चुनावी दौडमा रहेको एमालेका एक नेताले बताए । ढकाल अध्यक्ष केपी ओली निकट हुन् । तर पछिल्लो समय भने ओलीसँग दूरी बढेसँगै उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नजिक रहेको बताइन्छ । यद्यपि, एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महाशेठले एमालेभित्र कुनै लाइन र गुट नरहेको दाबी गर्दै भने, “पार्टीभित्र लाइन गुट केही पनि छैन ।” 

ढकाल मोरङ जिल्लाका पूर्वअध्यक्ष हुन् । पार्टी विभाजनका बेला ढकालले ‘मोरङमा पार्टी विभाजन रोकेर धेरै क्षति हुन नदिएको’ भन्ने एमालेभित्र चर्चा छ । उनी विराटनगरबासी हुन् । ढकालले भने, “जिल्ला कमिटीको नेतृत्व लिएर लामो समय काम गरिसकेकाले अब प्रदेशको नेतृत्व गर्ने योजनासाथ तयारी गरेको हुँ ।”

आकांक्षी न्यौपानेलाई बिहीबार आयोजित पत्रकार सम्मेलनमा तपाइँको उमेदवार कायम छ भन्ने प्रश्नमा ‘आवश्यकता र पार्टीको सहमति अनुसार हुने’ बताए । उनले भने,“अहिल्यै मनोनयन भइनसकेकाले भन्न सकिँदैन । को–को उमेदवार हुनु हुनेछ ।” संखुवासभाका न्यौपाने प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत हुन् । उनी पार्टी विभाजन अघिसम्म माधव नेपाल समूहमा थिए ।

यसैगरी, मोरङ लेटाङका खतिवडा प्रतिनिधिसभाका पूर्वसांसद हुन् । उनी यसअघिको निर्वाचनमा भने मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उमेवदवारसँग पराजित भएको थिए । “लामो समयदेखि म पार्टीमा रहेर काम गरेको छु । सदनमा समेत भूमिका खेलेँ । अब मुलुक संघीयतामा गइसकेकाले यसको सार्थक कार्यान्वयनमा पार्टीमा रहेर काम गर्न अध्यक्षमा उठ्न लागेको हुँ,” उनले भने । नेकपा (एकीकृत समाजवादी) बन्नु अघिसम्म खतिवडा पनि माधव नेपाल समूहमा थिए । १० बुँदे सहमतिपछि समाजवादीतिर लागेनन् एमालेमै रहे । खतिवडा मोरङमा एमालेका पाका नेताको सूचीमा पर्छन् ।
 
अर्का आकांक्षी टिकाराम चेम्जोङ प्रतिनिधिसभाका पूर्व सांसद हुन् । अहिले प्रदेश कमिटी उपाध्यक्ष छन् । उनले तत्कालीन जिल्ला विकास समितिमा समेत नेतृत्व निर्वाह गरेका थिए । उनको उमेदवारी भने निश्चित नरहेको बताइएको छ । “सरसल्लाह गरेरै म अघि बढ्ने योजनामा छु,” उनले भने ।
  
एमाले पार्टी विधानअनुसार निर्वाचित प्रदेश अध्यक्षको हैसियत पार्टीको पोलिटब्युरो सदस्य सरह हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu